वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
राष्ट्र बैंकले भन्यो, ‘स्थिर ब्याजदर नै फाइदाजनक छ, सर्त बुझेर कर्जा उपयोग गरौं’
राष्ट्र बैंकले भन्यो, ‘स्थिर ब्याजदर नै फाइदाजनक छ, सर्त बुझेर कर्जा उपयोग गरौं’

काठमाडौं : नेपाल राष्ट्र बैंकले ब्याजदर निर्धारण र परिवर्तन हुने सर्त बुझेर मात्र कर्जा उपभोग गर्न आग्रह गरेको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिंदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिन आग्रह गरेको हो।  ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा...

सरकार नै जनतालाई उठिबास लगाउन लागिपरे: दुर्गा प्रसाईं
सरकार नै जनतालाई उठिबास लगाउन लागिपरे: दुर्गा प्रसाईं

काठमाडौं : बैंक तथा वित्तीय संस्थाका कारणले मान्छे घरमा नबस्ने स्थिति बन्दै गएको व्यवसायी दुर्गा प्रसाईंले बताएका छन्। झापामा लघुवित्तका कारणले तीनजनाले एउटै रुखको हाँगामा झुण्डिएर आत्महत्या गर्न बाध्य भएको समेत बताए। ‘त्यो के कारणले भयो भनेर खोज्नुपर्दैन ? प्रेमप्रसादले त्यसै बानेश्वरमा...

एन आई सी एशिया क्यापिटलको अध्यक्षमा सन्तोष कुमार राठी
एन आई सी एशिया क्यापिटलको अध्यक्षमा सन्तोष कुमार राठी

काठमाडौं : एन आई सी एशिया क्यापिटलको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन्। कम्पनीको सोमबार सम्पन्न सञ्चालक समितिको एक सय २० औं बैठकले राठीलाई अध्यक्षमा नियुक्त गरेको हो।  एन आई सी एशिया बैंक लिमिटेडमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत राठीको बैंकिङ्ग क्षेत्रमा करिब २०...

हुन्डाईको ग्रान्ड आई-१० नियोसको फेसलिफ्ट अर्को हप्ता नेपाल आउँदै, यस्ता छन् फिचर
हुन्डाईको ग्रान्ड आई-१० नियोसको फेसलिफ्ट अर्को हप्ता नेपाल आउँदै, यस्ता छन् फिचर

काठमाडौं : हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्रान्ड आई–१० नियोसको फेसलिफ्ट मोडल अर्को हप्ता नेपाली बजारमा ल्याउने भएको छ। कम्पनीले यो ह्याचब्याक गाडी सन् २००७ देखि बिक्री गर्दै आइरहेको छ। नियोस फेसलिफ्टको बाहिरी डिजाइनमा केही परिवर्तन गर्नुका साथ...

दूध उत्पादक किसानलाई सरकारको प्रोत्साहन, दिन थाल्यो प्रतिलिटर पाँच रुपैयाँ अनुदान
दूध उत्पादक किसानलाई सरकारको प्रोत्साहन, दिन थाल्यो प्रतिलिटर पाँच रुपैयाँ अनुदान

नवलपरासी : हुप्सेकोट गाउँपालिकाले सहकारीमार्फत दूध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिन थालेको छ। पालिकाले उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप गत आर्थिक वर्षदेखि किसानलाई अनुदान दिन थालिएको हो। अनुदान रकम साना किसानसम्म पुर्‍याउन एक आर्थिक वर्षमा सहकारीमार्फत बिक्री गरे...

रासायनिक मल खरिद गर्न थप साढे ७ अर्बको स्रोत सुनिश्चित
रासायनिक मल खरिद गर्न थप साढे ७ अर्बको स्रोत सुनिश्चित

काठमाडौं : अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छि विकास मन्त्रालयको गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो।  स्रोत सुनिश्चित मध्ये २ अर्ब ४० करोड र...

ठेक्का अलपत्र पार्ने पाँच निर्माण कम्पनी कालोसूचीमा
ठेक्का अलपत्र पार्ने पाँच निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं : सरकारले ५ कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने उक्त निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको हो। कार्यालयले १ वर्षदेखि २ वर्षसम्म ती कम्पनीहरुलाई कालोसूचीमा राखेको छ। साेमबार सूचना जारी गर्दै विभि...

अटेरी एनआईसी एशिया बैंक दोस्रो पटक कारबाहीमा
अटेरी एनआईसी एशिया बैंक दोस्रो पटक कारबाहीमा

काठमाडौं : वीरगंज महानगरपालिकाले एनआईसी एशिया बैंक शाखालाई ११ हजार जरिवाना गराएको छ । सडकमा फोहोर फालेको भन्दै महानगरले ११ हजार जरिवाना गराएको हो। महानगरपालिकाले यसअघि पनि कारवाही गरेको थियो । महानगरपालिकाले पहिलो पटक फोहोर नफाल्न चेतावनी दिएको थियो भने दोस्रो पटक ५ हजार रुपैयाँ जरिवाना तिरा...

जीवन विकास लघुवित्तको ३७.३७ प्रतिशत लाभांश घोषणा
जीवन विकास लघुवित्तको ३७.३७ प्रतिशत लाभांश घोषणा

काठमाडौं : जीवन विकास लघुवित्तले ३७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २८ प्रतिशत बोनस सेयर र करसहित ९.३७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णय नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साध...

५७ सहकारीका सञ्चालक खोज्न प्रहरी गुहारियो (संस्थाको नामसहित)
५७ सहकारीका सञ्चालक खोज्न प्रहरी गुहारियो (संस्थाको नामसहित)

काठमाडौं : सहकारीहरुमा बचत फिर्ताको समस्या आउँदा काठमाडौं महानगरपालिका सहकारी विभागमा उजुरी बढ्दै गएको छ। तत्कालीन दायित्व भुक्तानीमा समस्या भएर केही सहकारी संस्था समस्यामा परेसँगै यसको असर समग्र क्षेत्रमै पर्दै गएको छ। विभागमा मात्रै पछिल्लो समय विभिन्न सहकारी संस्था र सञ्चालकविरुद्ध एक सय...

ढल्केबर-मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत
ढल्केबर-मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत

काठमाडौं : नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक सकिएको छ। भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न संयुक्त निर्देशक समितिको १०औं बैठकले अन्तरदेशीय विद्युत् व्यापार, विद्यमान प्रसारण लाइन तथा निर्माणाधीन र प्रस्तावित प्रसारण ल...

अर्थशास्त्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै ५ विद्यार्थी
अर्थशास्त्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै ५ विद्यार्थी

काठमाडौं : नेपाल इकनोमिक्स ओलम्पियाड (नियो)को चौथो संस्करणबाट अन्तर्राष्ट्रिय इकनोमिक्स ओलम्पियाडमा भाग लिने विद्यार्थीको टुंगो लागेको छ। ललितपुरमा आइतवार सम्पन्न राष्ट्रिय प्रतिस्पर्धामा गोल्ड मेडल विजेता ५ जना विद्यार्थी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छानिएका हुन्। जसमा बूढानिलकण...

सहकारीका सदस्यले लगेको ऋण नतिरे के गर्ने ?
सहकारीका सदस्यले लगेको ऋण नतिरे के गर्ने ?

सहकारी ऐन, २०७४ ७९.    ऋण असुल गर्ने : (१) कुनै सदस्यले सहकारी संस्थासँग गरेको ऋण सम्झौता वा शर्त कबुलियतको पालना नगरेमा, लिखतको भाखाभित्र ऋणको सावाँ, ब्याज र हर्जना चुक्ता नगरेमा वा ऋण लिएको रकम सम्बन्धित काममा नलगाई हिनामिना गरेको देखिएमा त्यस्तो सदस्यले ऋण लिंदा र...

साढे २ अर्बको नागरिक बचतपत्र जारी गर्दै राष्ट्र बैंक, ब्याजदर ११.५० प्रतिशत
साढे २ अर्बको नागरिक बचतपत्र जारी गर्दै राष्ट्र बैंक, ब्याजदर ११.५० प्रतिशत

काठमाडौं : नेपाल राष्ट्र बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८४ ‘क’ जारी गर्ने भएको छ । चैत ६ गते निष्काशन हुने ५ वर्षे बचतपत्रको लागि फागुन १० गतेदेखि ३० गतेसम्म आवेदन दिन सक्नेछन् । बचतपत्रमा वार्षिक ११.५० प्रतिशत ब्याजदर प्रदान गरिने जनाएको छ । ६/६ महिनामा प...

कृषि विकास बैंकको प्रमुख कार्यकारीमा गोविन्द गुरुङ
कृषि विकास बैंकको प्रमुख कार्यकारीमा गोविन्द गुरुङ

काठमाडौं : कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले गुरुङलाई नियुक्त गरेको हो । शनिबार नियुक्ती पत्र बुझेका गुरुङको कार्यकाल ४ वर्षको हुनेछ । गुरुङले सोमबारदेखि कार्यभार सम्हाल्ने छन् । सीईओ पदको लागि २२ आवेदन परे...

नेपालकै उत्कृष्ट सहकारी जनसचेतनको सेवा अब काठमाडौंमा
नेपालकै उत्कृष्ट सहकारी जनसचेतनको सेवा अब काठमाडौंमा

काठमाडौं : जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले काठमाडौंमा सेवा केन्द्र स्थापना गरेको छ । दोलखाको बैतेश्वर गाउँपालिका–५ काब्रेमा मुख्य कार्यालय रहेको संस्थाले काठमाडौंको जडीबुटी चोकमा सेवा केन्द्र स्थापना गरेको हो । काठमाडौं बस्ने सेयर सदस्यहरुको माग अनुसार सेवा केन्द्र स्थापना गरिएको सं...

हामी आयौं !
हामी आयौं !

डिजिटल पत्रकारिता नेपालमा फस्टाउँदो छ । छापा हुँदै विकसित भएको डिजिटल पत्रकारिता अहिले सबैभन्दा सजिलो सञ्चार माध्यम बनेको छ । छिटो, छरितो र सहजै सूचना सम्प्रेषण गर्न सक्ने भएकै कारण डिजिटल पत्रकारिताको महत्व र आवश्यकता बढेको छ।  यसैबीच हामी उत्साहित भएर न्यू मिडियाको माझमा पृथक पहिचान सहित &...

आइएमई पेले थप्याे ट्राफिक जरिवाना तिर्ने सुविधा
आइएमई पेले थप्याे ट्राफिक जरिवाना तिर्ने सुविधा

काठमाडौं : आइएमई पे एपबाटै ट्राफिक जरिवाना तिर्न सकिने भएको छ । सरकारी तहमा गर्नुपर्ने कर भुक्तानी, लोक सेवा आयोगको शुल्क भुक्तानी पछि आइएमई पे उक्त सेवा थप गरेको हो। ग्राहकले लामो लाइनमा नबसी सहज रूपमा जरिवाना भुक्तानी गर्न सकुन् भन्ने उद्देश्यका साथ सो सुविधा थप गरिएको कम्पनीद्वारा जारी विज्ञप्...

नेपालको दियालो र भारतको जनजलबीच सम्झौता
नेपालको दियालो र भारतको जनजलबीच सम्झौता

काठमाडौं : खानेपानी क्षेत्रलाई प्रविधि मार्फत डिजिटलाइज गर्दै आएका नेपालको दियालो टेक्नोलोजिज र भारतको जनजल कम्पनीबीच सम्झाौता भएको छ । सम्झौतासँगै प्रविधिको आदान प्रदान मार्फत नेपाल र भारतका खानेपानी क्षेत्रमा रहेका चुनौतीहरूलाई समाधान गर्न रणनीतिक र व्यवसायिक सहकार्य गर्ने सहमति भएको छ । सम्झ...

व्यवसायिक सुरक्षाको ज्ञारेन्टी गर्न चेम्बरको ध्यानाकर्षण
व्यवसायिक सुरक्षाको ज्ञारेन्टी गर्न चेम्बरको ध्यानाकर्षण

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक सुरक्षाको प्रदान ज्ञारेन्टी गर्न सरकारको ध्यानाकर्ष गराएको छ । काठमाडौंको बलाजुस्थित ल्होत्से मलमा तोडफोड र पसलहरुमा भएको लुटपाटप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै चेम्बरले व्यवसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको हो...

लघुवित्तले अतिरिक्त सेवा शुल्क बापत लिएको १ अर्ब ६० करोड फिर्ता गर्ने
लघुवित्तले अतिरिक्त सेवा शुल्क बापत लिएको १ अर्ब ६० करोड फिर्ता गर्ने

काठमाडौं : लघुवित्त वित्तीय संस्थाहरुले ग्राहकहरुबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र फिर्ता दिने सहमति भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स संघ, लघुवित्त संघ नेपाल लगायतक...

ग्लोबल आइएमई बैंकद्वारा ५ अर्बको ऋणपत्र बिक्री खुला
ग्लोबल आइएमई बैंकद्वारा ५ अर्बको ऋणपत्र बिक्री खुला

काठमाडौं : ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री खुल्ला गरेको छ ।   बैंकले आइतबार ५ वर्ष अवधिको ११।२५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४र०८५ निष्कासन गरेको हो।  निष्काशित कूल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरब...

घरजग्गा कारोबारमा क्रमशः सुधार
घरजग्गा कारोबारमा क्रमशः सुधार

काठमाडौं : घरजग्गा कारोबारमा वृद्धि देखिएको छ । स्थानीय तहहरुले जग्गा कित्ताकाट खुलाएसँगै कारोबारमा पनि सुधार भएको देखिएको हो ।  भूमि व्यवस्थापन मन्त्रालयले भू-उपयोग नियमावलीमार्फत जग्गा वगीर्करण गरेपछिमात्रै कित्ताकाट गर्न पाइने नीति लागु गरेपछि कारोबारमा सुस्त भएको थियो ।    नियम...

क्यान इन्फोटेकमा प्रविधि कम्पनीहरुबीच बजारीकरणको प्रतिस्पर्धा
क्यान इन्फोटेकमा प्रविधि कम्पनीहरुबीच बजारीकरणको प्रतिस्पर्धा

काठमाडौं : भृकुटीमण्डपमा जारी नेपालकै सबैभन्दा ठूलो सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ मा प्रदर्शनीकर्ता कम्पनीहरुबीच आफ्ना सेवा र उत्पादनको बजारीकरण गर्ने प्रतिस्पर्धा चलेको छ । बिहीबार मेलाको तेस्रो दिन सकिँदा अवलोकनकर्तालाई आकर्षित गर्न कम्पनीहरुले क्यान इन्फोटे...