Below Menu
Below Menu

घरजग्गा कारोबारमा क्रमशः सुधार

घरजग्गा कारोबारमा क्रमशः सुधार

काठमाडौं : घरजग्गा कारोबारमा वृद्धि देखिएको छ । स्थानीय तहहरुले जग्गा कित्ताकाट खुलाएसँगै कारोबारमा पनि सुधार भएको देखिएको हो । 

भूमि व्यवस्थापन मन्त्रालयले भू-उपयोग नियमावलीमार्फत जग्गा वगीर्करण गरेपछिमात्रै कित्ताकाट गर्न पाइने नीति लागु गरेपछि कारोबारमा सुस्त भएको थियो ।    नियमावलीका कारणा नयाँ कित्ताकाट हुन नसक्दा मासिक ३० हजारभन्दा कम संख्यामा मात्रै घरजग्गा किनबेच भएका थिए ।  स्थानीय तहहरूले कृषि तथा गैरकृषि जग्गा बगीर्करण गरेको पत्र मालपोत कार्यालयलाइ जानकारी गराएसँगै घरजग्गा किनबेच बढ्दै गएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघ महिनामा ४१ हजार ८६ वटा घरजग्गा किनबेच भएको छ । यो संख्या ७ महिनापछिकै उच्च हो । गएको पुसमा देशभर कुल ३८ हजार ८७१ घरजग्गा किनबेच भएको थियो भने मंसिरमा २९ हजार १८४ घरजग्गा किनबेच भएको थियो । माघ महिनामा देशभरका मालपोत कार्यालयबाट ४१ हजार घरजग्गा लिखत पारित हुँदा ३ हजार ६९८ वटा घरजग्गा नामसारी, ४ हजार ८९ संशोधन, ३० हजार ९५६ रोक्का, २३ हजार ७६० फुकुवा र १३ सय १ वटा घरजग्गा दाखिला खारेज गरेको छ ।

माघ महिनामा उपत्यकामा ४ हजार १९५ वटा घरजग्गा किनबेच भएको छ । नेपालगञ्ज मालपोत कार्यालयबाट १ हजार ६८५ वटा, जनकपुरधाम धनुषा कार्यालयबाट १ हजार ५६५ वटा,इनरुवा सुनसरीबाट १४ सय ९९ वटा, तौलिहवा कपिलवस्तुबाट ११ सय ५४ वटा, राजविराज सप्तरीबाट ११ सय ३२ वटा, बेलबारी मोरङबाट ११ सय १० वटा र विराटनगर मोरङबाट ११ सय ५ वटा घरजग्गा किनबेच भएको छ ।

Advertisment

थप समाचार