वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
माथिल्लो त्रिशुली-१ बाढी : एनडब्लुइडिसी र ठेकेदार कम्पनीले यसै साता राहत प्याकेज ल्याउने
माथिल्लो त्रिशुली-१ बाढी : एनडब्लुइडिसी र ठेकेदार कम्पनीले यसै साता राहत प्याकेज ल्याउने

काठमाडौं : माथिल्लो त्रिशुली-१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले गत भदौ १० गते आएको अभूतपूर्व बाढीबाट प्रभावित कामदार, कर्मचारी तथा उनीहरूका परिवारका लागि आधारभूत जीवनयापनमा सहयोग पुग्ने राहत प्याकेज तयार गरिरहेका छन्। कम्पनीहरूले उक्त राहत प्याकेज यसै साता घोषणा गर्ने तयारी गरेका छ...

 स्वरोजगार र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी ९८ करोड नजिक
 स्वरोजगार र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी ९८ करोड नजिक

काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आइतबार देखि एकीकृत वित्तीय कारोबार सुरु गरेको छ । काठमाडौमा आयोजित एक समारोहका बीच स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका अ...

सात बैंकहरुको लाभांश घोषणा, कुनको कति ? 
सात बैंकहरुको लाभांश घोषणा, कुनको कति ? 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सात बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्। लाभांश घोषणा गर्ने संस्थामा तीन वाणिज्य बैंक, तीन विकास बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेका छन्। लाभांश घोषणा गर्ने संस्...

भोटेकोशी बाढीपीडितको राहतमा एनएमसीको १२ लाख ६५ हजार योगदान
भोटेकोशी बाढीपीडितको राहतमा एनएमसीको १२ लाख ६५ हजार योगदान

झापा : रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले राहत, सहयोग तथा पुनर्निर्माणका लागि १२ लाख ६५ हजार २५८ सहयोग गर्ने निर्णय गरेको छ। बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्ष...

पुँजी बजारलाई आर्थिक विकासको प्रमुख वित्तीय इन्जिन बनाउनुपर्छ : अध्यक्ष पाण्डे
पुँजी बजारलाई आर्थिक विकासको प्रमुख वित्तीय इन्जिन बनाउनुपर्छ : अध्यक्ष पाण्डे

काठमाडौं : नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको पुँजी बजारलाई आर्थिक विकासको प्रमुख वित्तीय इन्जिनका रूपमा विकास गर्नुपर्ने बताएका छन् । बैंकिङ समाचार डटकमको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्स&nd...

पुँजी बजारलाई बैंक बेस्डबाट मार्केट बेस्ड फाइनान्सिङतर्फ लैजानुपर्छ : अध्यक्ष अग्रवाल
पुँजी बजारलाई बैंक बेस्डबाट मार्केट बेस्ड फाइनान्सिङतर्फ लैजानुपर्छ : अध्यक्ष अग्रवाल

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको पुँजी बजारलाई केवल सेयर तथा धितोपत्र कारोबारको माध्यमका रूपमा नभई उत्पादन, पूर्वाधार, रोजगारी र आर्थिक वृद्धिका लागि दीर्घकालीन पुँजी परिचालन गर्ने प्रमुख माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन् । बैंकिङ समाचार डटकमको...

४० वर्षको उमेरमा पनि खेल जिवनलाई निरन्तरता दिने मोड्रिचको निर्णय
४० वर्षको उमेरमा पनि खेल जिवनलाई निरन्तरता दिने मोड्रिचको निर्णय

काठमाडौं : क्रोएसियाका कप्तान तथा स्टार खेलाडी लुका मोड्रिचले ४० वर्षको उमेरमा पनि आफ्नो खेल जिवनलाई निरन्तर राख्ने निर्णय गरेका छन् । फिफा विश्वकपपछि उमेरका कारण राष्ट्रिय टोलीबाट सन्यास लिन सक्ने आंकलन गरिएका बेला उनले यस्तो निर्णय गरेका हुन् । क्रोएसियाली फुटबल महासंघका अनुसार ४० वर्षीय म...

बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं : बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्न लागेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको १० लाख ४० हजार कित्तामध्ये बाँकी रहेको शेयर...

नेपालिरिका होटल साढे चार करोड घाटामा, अकुपेन्सी २१ प्रतिशतमा सीमित
नेपालिरिका होटल साढे चार करोड घाटामा, अकुपेन्सी २१ प्रतिशतमा सीमित

काठमाडौं : मोरङको विराटचोकस्थित तीनतारे नेपालिरिका होटल पब्लिक लिमिटेड सन् २०२६ मा ४ करोड ५० लाख रुपैयाँ खुद नोक्सानीमा पुगेको छ। होटलको अकुपेन्सी दरमा आएको गिरावट, उच्च मार्जिन दिने खाद्य तथा पेय पदार्थ तथा कार्यक्रम व्यवसायबाट हुने आम्दानीमा कमी, साथै उच्च मूल्यह्रास र ब्याज खर्चका कारण कम...

चन्द्र ढकालको आइएमई मोटर्सले गर्यो एक वर्षमा साढे तीन अर्बको व्यापार    
चन्द्र ढकालको आइएमई मोटर्सले गर्यो एक वर्षमा साढे तीन अर्बको व्यापार    

काठमाडौं : आईएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले सन् २०२६ मा तीन अर्ब ५० करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ७.३२ प्रतिशत अर्थात् २३ करोड ९० लाख रुपैयाँले बढेको हो ।  सन् २०२५ मा कम्पनीले तीन अर्ब २६ करोड ५० लाख रुपैयाँको व्यापार ग...

पाँच घण्टादेखि अवरुद्ध त्रिभुवन राजमार्ग सञ्चालन
पाँच घण्टादेखि अवरुद्ध त्रिभुवन राजमार्ग सञ्चालन

हेटौँडा : करिब पाँच घण्टादेखि अवरुद्ध रहेको त्रिभुवन राजमार्ग जिल्ला प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा पुनः सञ्चालनमा आएको छ। राजमार्ग अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) मोहन जोशी...

मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड 
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड 

काठमाडौं : मिड भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दोस्रो राष्ट्रिय सम्मेलनमा अनुसन्धान र प्रविधिको विकासलाई व्यवहारमा प्रयोग गर्दै व्यवसाय, प्रविधि तथा आतिथ्य क्षेत्रको रूपान्तरणमा जोड दिनुपर्नेमा वक्ताहरूले जोड दिएका छन् । मिड भ्याली इन्टरनेसनल कलेजले ‘डिजिटल ट्रान्सफर्मेसन एन्ड इन...

एकैदिन तोलामा तीन हजार एक सय रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य पनि सस्तियो  
एकैदिन तोलामा तीन हजार एक सय रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य पनि सस्तियो  

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार १०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४०  रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोल...

कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति 
कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति 

काठमाडौं : पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा त्रिभुवन राजपथ (बाइरोड) मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ । गएको भाद्र १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्ग भत्किँदा इन्धन बोक...

खाडीमा फेरी तनाव चर्कियो : अमेरिकी आक्रमणमा इरानका तीन तेल ट्यांकर ध्वस्त
खाडीमा फेरी तनाव चर्कियो : अमेरिकी आक्रमणमा इरानका तीन तेल ट्यांकर ध्वस्त

काठमाडौं : संयुक्त राज्य अमेरिकाले इरानका तीनवटा तेल ट्यांकरमा सैन्य आक्रमण गरी ध्वस्त पारेको दाबी गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले शनिबार गरिएको आक्रमणमा एम÷टी काइलो गल्फ अफ ओमानमा डुबेको भिडियो सार्वजनिक गर्दै इरानलाई अमेरिकी नौसैनिक जहाजमाथि आक्रमण गरे थप कडा आर्थिक मूल्य चुकाउनुपर...

रसुवा-तातोपानी नाका बन्द भएपछि कोरला बन्यो चीनसँगको वैकल्पिक प्रवेशद्वार
रसुवा-तातोपानी नाका बन्द भएपछि कोरला बन्यो चीनसँगको वैकल्पिक प्रवेशद्वार

मुस्ताङ : रसुवाको बाढी–पहिरोका कारण रसुवागढी–केरुङ सडकखण्ड अवरुद्ध भएको केहीदिनमै चीन सरकारले तातोपानी नाका समेत बन्द गरेपछि चीनमा रोकिएका नेपाली नागरिक र सवारीसाधनलाई केरुङ हुँदै ढोङमसेन र लिची नाका पार गराएर मुस्ताङको कोरला नाकाबाट नेपाल भित्र्याउन थालिएको छ । सम्बन्धित निकायका...

भोटेकोशी बाढीले नुवाकोटका १५ सहकारी पूर्ण क्षति, पुनःस्थापनामा एकजुट हुन अपिल
भोटेकोशी बाढीले नुवाकोटका १५ सहकारी पूर्ण क्षति, पुनःस्थापनामा एकजुट हुन अपिल

नुवाकोट : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नुवाकोटका १५ वटा सहकारी संस्था पूर्ण रूपमा क्षति भएको जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटले जनाएको छ। जिल्ला सहकारी संघले जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीबाट सहकारी संस्थाका कार्यालय, भवन, फर्निचर, कम्प्युटर तथा विद्युतीय सामग्री, कागजात र म...

ऋण दायित्व भएका व्यक्ति सहकारी सञ्चालक बन्न नपाउने
ऋण दायित्व भएका व्यक्ति सहकारी सञ्चालक बन्न नपाउने

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारीको सञ्चालक समितिको उम्मेदवारसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। प्राधिकरणले जारी गरेको सूचनामा ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड, २०८२’ क...

भोटेकोशीको बाढीले रसुवागढी आयोजनामा व्यापक क्षति, ९३ जना अझै सम्पर्कविहीन
भोटेकोशीको बाढीले रसुवागढी आयोजनामा व्यापक क्षति, ९३ जना अझै सम्पर्कविहीन

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना कर्मचारी तथा कामदारहरू १० दिनदेखि सम्पर्कविहीन भएका छन् । गत भदौ १० गते बिहान करिब ८ः४० बजे आएको आकस्मिक बाढीले आयोजनाको बाँधस्थल, पावरहाउस र कर्मचारी आवासगृहमा ठूलो क्षति पु¥याएपछि उनीहरू बे...

भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुन:स्थापनाको कार्य उच्च प्राथमिकताका साथ जारी छ । माथिल्लो त्रिशूली–३ ए आयोजनाको सुरुङबाट दुई जना कर्मचारीको सफल उद्धार भएको छ। नेपाली सेना, भारतीय सेना, चिनियाँ तथा कोरियन विज्ञ र आय...

श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलले गरे कृष्ण मन्दिरको दर्शन
श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलले गरे कृष्ण मन्दिरको दर्शन

काठमाडौं : श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गरेका छन् ।  राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा ललितपुरको पाटन दरबारस्थित कृष्णमन्दिर पुगेर भगवान्...

दार्चुलामा पहिरोले चौलानी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
दार्चुलामा पहिरोले चौलानी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

दार्चुला : अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदीमा पहिरो खसेपछि नदी आधा थुनिएको छ । पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।...

सीजेएनको १६औँ स्थापना दिवसः राहत कोषमा सहयोग गर्ने घोषणा
सीजेएनको १६औँ स्थापना दिवसः राहत कोषमा सहयोग गर्ने घोषणा

काठमाडौं : भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले मन्त्रालयले सहकारी सम्बन्धी दुईवटा छुट्टाछुट्टै ऐनको मस्यौदा तयार पारिरहेको जानकारी दिएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १६औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा ब...

बाढीपीडितका लागि रामेछापका चार स्थानीय तहद्वारा ६६ लाख बढीको आर्थिक सहयोग 
बाढीपीडितका लागि रामेछापका चार स्थानीय तहद्वारा ६६ लाख बढीको आर्थिक सहयोग 

रामेछाप : गत भदौ १० गते भोटेकोशी, त्रिशुली लगायतका नदीहरूमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाहरूमा भएको ठूलो जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै रामेछापका चारवटा स्थानीय तहले ६६ लाख ६ हजार ४ सय ७० बराबरको सहायता रकम घोषणा गरेका छन् । बाढी प्रभावित क्षेत्रका न...