तातोपानी नाका ठप्प हुँदा व्यवसायीको अर्बौं लगानी जोखिममा, दशैँ-तिहारका सामान सडकमै अलपत्र
काठमाडौं : लगातारको वर्षा, बाढी र पहिरोका कारण नेपाल–चीनबीचको स्थलमार्ग व्यापार गम्भीर संकटमा परेको छ । विशेषगरी चीनसँगको मुख्य व्यापारीक मार्ग तातोपानी नाका करिब दुई महिनादेखि पूर्ण रूपमा बन्द हुँदा अर्बौं रुपैयाँ बराबरका सामान चीन र नेपाल दुवैतर्फ अलपत्र परेका छन् ।
यसले व्यवसायीको ल...