हेलिकप्टरबाट प्राविधिक र सामग्री पठाएर टेलिकमले पुनः सुचारु गर्यो अवरुद्ध टावरहरू
काठमाडौं : नेपाल टेलिकमले वाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूको सेवा पुनः सञ्चालनमा तिव्रता दिएको छ । भदौ ११ गते हेलिकप्टरबाट कर्मचारीहरु परिचालन गरी गोसाईंकुण्ड गाउँपालिका ६ मा अवस्थित रसुवा सदरमुकाम धुन्चेमा मोबाइल स्टेशन सञ्चालनमा ल्याइएको छ ।
साथै भदौ १२ गते सव...