Below Menu

२५ सहकारीसहित पाँच हजार व्यक्ति तथा कम्पनी कालोसूचीमा 

२५ सहकारीसहित पाँच हजार व्यक्ति तथा कम्पनी कालोसूचीमा 

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो साउन महिनामा नै पाँच हजार व्यक्ति तथा कम्पनी कालोसूचीमा परको छन् । कर्जा सूचना केन्द्रका अनुसार यस अवधिमा ५ हजार ५ व्यीक्त तथा कम्पनी कालोसूचीमा परेका हुन् । 

Sponsored Advertisement

आर्थिक मन्दीका कारण समयमा कर्जा तिर्न नसक्दा कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनीको संख्या बढ्दै गएको केन्द्रले जनाएको छ । यस अवधिमा कालोसूचीमा पर्नेमा बैकिङ कसुरमा परेका व्यक्तिका साथै सहकारीदेखि लिएर होटल, हस्पिटल र अन्य कृषि फार्महरु समेत रहेका छन् । 

केन्द्रका अनुसार यस अवधिमा कालोसूचीमा पर्ने कम्पनीमा जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर, टिकापुर कटेज एण्ड रेष्टुरेन्ट, न्यु वे क्याफे रेष्टुरेन्ट यसनिभर्सल मोबाइल कम्पेक्स, उमा गौरी कृषि सहकारी संस्था, क्रियटिभ युथ एग्रिकल्चर, राष्ट्र निर्माण कम्पनी, सुरक्षित घरजगा कारोबार, जय माँ काली बन्दी कन्ट्रक्सन र रुसी खोला ढुंगा रोडा उद्योग रहेका छन् ।

त्यस्तै, थाक्रे चुनढुंगा कन्ट्रक्सन, प्रारम्भिक सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, आरपीबी ग्रुप अफ आल्मुनियम, नलगार कन्ट्रक्सन कम्पनी, विशेष मल्टी एग्रो फार्म, समिर सडक तथा नाला निर्माण उपभोक्ता समिति, मकालु, काष्ठ उद्योग, मल्ल कृषि तथा पशुपन्छी फार्म, डिलीबजार पिपलबोट सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, पुष्प दाना उद्योग, र्याडिसन फेमिली रेष्टुरेन्ट र लालीगुराँस निर्माण सेवालाई पनि केन्द्रले कालोसूचीमा राखेको छ । 

केन्द्रका अनुसार कालोसूचीमा परेका अन्य कम्पनीमा युनिक आल्मुनियम वर्कशप, शिव शिखर जनरल स्टोर एण्ड अर्डर सप्लायर्स, नागरिक विकास सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, जनता प्रशारन तथा प्रकाशन, नागार्जु निर्माण सेवा, अल नेपाल एग्रिकल्चर एण्ड मल्टी पूपोज दाङ, ग्रिनरी सेभिङ एण्ड क्रेडिट को अपरेटिभ र डिजायर रेष्टुरेन्ट एण्ड लज बार पनि कालोसूचीमा परेको छ ।

त्यस्तै, सप्तकोशी जलाधार निर्माण कम्पनी, आगन्तुक सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, आशुतोष कार्गो सर्भिस नेपाल, ओम शान्ती सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, हार्भड इन्टरनेशनल एजुकेशन नेटवर्क, जय बजरंग बालुवा प्रशोधन उद्योग, कर्णाली बायो इनर्जी एण्ड अर्गानिक फर्टिलाइजर, कमलादी काठमाडौं निरमाया दोहोरी साँझ, नेपाल मोडल बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था पनि कालोसूचीमा परेका छन् ।

त्यसैगरी, फर्स्र्ट इन्भेष्टर म्यानेजमेन्ट कम्पनी, श्री जनशक्ति बचत तथा ऋण सहकारी संस्था, क्वीक सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, गरुड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, स्मार्ट कम्प्युटर ट्रेड लिंक प्रालि, फार वेस्टर्न हाउस किपिङ सोलुन सेन्टर, साकुरा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, साना वित्त विकास बहुउद्देश्यीय सहकराी संस्था, अर्जुन उपभोक्ता सहकारी संस्था, कनर सेभिङ एण्ड क्रेडिट को -अपरेटिभ, माझी गाँउ बहुउद्देश्यीय सहकारी संस्था, एभरेष्ट गार्मेन्ट, रावत इन्जिनियरिङ कन्सल्टेन्सी पनि साउन महिनामा नै कालोसूचीमा परेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार साउनमा नै कालोसुचीमा परेका अन्य कम्पनीमा न्यु भिजन बचत तथा ऋण सहकारी संस्था, अन्नपूर्ण चिया हब एण्ड लज, सुविधा कृषि सहकारी संस्था, सम्वद्र्धन सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, सुमेरु सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, पानोरोमा भिलेज रेष्ट्रो प्रा.लि., कान्तिपुर कलेज अफ टेक्निकल साइन्स, एभरट्रष्ट सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, सप्तदिप सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, सुभ सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, शुक्रपथ सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ रहेका छन् ।

Sponsored Advertisment

थप समाचार