अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्दै 

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्दै 

नयाँदिल्ली : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्दै छन्। अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उहाँ समिटमा सहभागी हुन बिहीबार नयाँदिल्ली आइपुगेका हुन्। 

Sponsored Advertisement

नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित ‘इन्डिया टिभी वर्ल्ड समिट २०२६’ को विशेष सत्र जारी छ । “निकटताबाट समृद्धिः भारत(नेपाल अवसर” शीर्षकको सत्रमा उनी अतिथि वक्ता छन् । 

यस अघि अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एनडी टिभी विश्व सम्मेलनको सम्बोधन सत्रमा सहभागी भएका थिए । बिहीबार रातिको प्रधानमन्त्री मोदीले सम्बोधन गर्ने सत्रमा अतिथिको रुपमा उनी सहभागी भएका हुन्। 

सो सत्रपछि भारतीय प्रधानमन्त्री मोदी र अर्थमन्त्री डा.वाग्लेबीच संक्षिप्त भेट र कुराकानी समेत भएको थियो । उक्त सम्मेलनको विशेष सत्रमा भारतीय विदेश मन्त्री डा.एस जयशंकरले सम्बोधन गर्दा पनि उनी अतिथिको रुपमा कार्यक्रममा सहभागी भएका थिए । सो क्रममा उनीहरूबीच परिवर्तन भइरहेको विश्व व्यवस्थाका सम्बन्धमा रोचक प्रश्नोत्तर समेत भएको थियो।