२० हाइड्रोपावरद्वारा लाभांश घोषणा : माउन्टेन इनर्जी सबैभन्दा अगाडि, कसको कति ?

२० हाइड्रोपावरद्वारा लाभांश घोषणा : माउन्टेन इनर्जी सबैभन्दा अगाडि, कसको कति ?

काठमाडौं : हालसम्म २० वटा हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । 

Sponsored Advertisement

लाभांश घोषणा गर्ने कम्पनीहरुमा नेपाल स्टक एक्सेञ्ज (नेप्से) मा सूचीकृत १४ वटा र अन्य छ कम्पनीहरु रहेका छन् । कम्पनीहरुले ५ प्रतिशतदेखि २१ प्रतिशत लाभांश प्र्रूूस्ताव गरेका छन् । प्रस्तावित लाभांश कम्पनीहरुको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

हालसम्म लाभांश घोषणा गर्ने हाइड्रोपावरमध्ये नेप्सेमा सूचीकृत माउन्टेन इनर्जी नेपालले सबैभन्दा बढी लाभांश प्रस्ताव गरेको छ ।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

कम्पनीले २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते एक दिन बुक क्लोज गर्ने भएको छ । जसअनुसार कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारणसभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश लाभांश प्राप्त गर्न सक्नेछन् । 

कुथेली बुखरी स्मल हाइड्रोपावले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १८.९४७४ प्रतिशत लाभांश वितरण गर्ने  प्रस्ताव गरेको छ । कम्पनीले १८ प्रतिशत बोनस शेयर  र सोको कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । 

सिक्लेस हाइड्रोपावरले गत आवको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३.३७५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले १२.७०६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.६६९ प्रतिशत नगद लाभांश दिने भएको हो । 

रिज लाइन इनर्जीले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको करसहित १२ करोड ४७ लाख ३६ हजार ८४२.११ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसैगरी मिड सोलु हाइड्रोपावले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस र सोको कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद गरी कुल १५.७८९ प्रतिशत लाभांश दिने भएको छ ।

विकास हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि १०.५२६३ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको १० प्रतिशतका दरले हुन आउने नौ करोड ९ लाख १० हजार १३० रुपैयाँबराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतले हुन आउने ४७ लाख ८४ हजार ६०० दशलमव १४ रुपैयाँ बराबरको नगद लाभांश दिने भएको हो ।

स्नो रिभर्सले गत आवको मुनाफाबाट हाल कायम चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने माण्डु हाइड्रोपावरले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

यस्तै सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यसैगरी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आवको मुनाफाबाट बोनस र नगद गरी कुल ५.२५३ प्रतिशत, विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले कुल ५.२६३२ प्रतिशत, बरुण हाइड्रोपावरले कुल ५ प्रतिशत र सानिमा मिडल तमोर हाइड्रोपावरले ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने भएका छन् ।

यसैगरी युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले गत आवको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पानीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

नेप्सेमा सूचिकृत नभएका कम्पनी 

नेप्सेमा सूचीकृत नभएका छ कम्पनीहरुले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशतसम्म लाभांश दिने घोषणा गरेका छन् । चम्पावती हाइड्रोपावरले गत वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १६ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

यस्तै हिलटन हाइड्रो इनर्जीले २० प्रतिशत नगद लाभांश दिने भएको छ भने  आशुतोष इनर्जीले १८.९४७३ प्रतिशत र कावेली हाइड्रोपावरले १६.३१५८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । 

यसैगरी सुपर हेवा पावरले गत आवको मुनाफाबाट ३.१५७९ प्रतिशत र साप्सु कालिका हाइड्रोपावरले ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।