आइएमई पेले थप्याे ट्राफिक जरिवाना तिर्ने सुविधा

आइएमई पेले थप्याे ट्राफिक जरिवाना तिर्ने सुविधा

काठमाडौं : आइएमई पे एपबाटै ट्राफिक जरिवाना तिर्न सकिने भएको छ । सरकारी तहमा गर्नुपर्ने कर भुक्तानी, लोक सेवा आयोगको शुल्क भुक्तानी पछि आइएमई पे उक्त सेवा थप गरेको हो।

ग्राहकले लामो लाइनमा नबसी सहज रूपमा जरिवाना भुक्तानी गर्न सकुन् भन्ने उद्देश्यका साथ सो सुविधा थप गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

ट्राफिक फाइन तिर्नका लागि ग्राहकले आइएमई पेको एपमा गभर्नमेन्ट सेवामा गइ सुचीमा देखाइएको ट्राफिक फाइनमा गइ मागिएको विवरण भरेर सजिलैसँग भुक्तानी गर्न सक्छन्।

थप समाचार