Below Menu
Below Menu

एन आई सी एशिया क्यापिटलको अध्यक्षमा सन्तोष कुमार राठी

एन आई सी एशिया क्यापिटलको अध्यक्षमा सन्तोष कुमार राठी

काठमाडौं : एन आई सी एशिया क्यापिटलको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन्। कम्पनीको सोमबार सम्पन्न सञ्चालक समितिको एक सय २० औं बैठकले राठीलाई अध्यक्षमा नियुक्त गरेको हो। 

एन आई सी एशिया बैंक लिमिटेडमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत राठीको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव छ । नवनियुक्त राठीले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले गर्दा आगामी दिनमा व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाई क्यापिटलले थप नयाँ उचाई चुम्ने विश्वास कम्पनीले लिएको छ ।

क्यापिटलले आ।व। २०७९र०८० को दोश्रो त्रैमाससम्मा पाँच करोड ६१ लाख रुपैंयाँ भन्दा बढी खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी ५६ रुपैयाँ १० पैसा कायम गर्न सफल भएको छ ।

क्यापिटल स्थापना भएको छोटो अवधिमा नै आ.व. २०७९/०८० को दोश्रो त्रैमास अन्त्यसम्म एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत ४ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा पाँच वटा योजनाहरु संचालन गरिरहेको छ । साथै क्यापिटलद्धारा संचालित खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” मा सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) र सिस्टमेटिक वीथ ड्र प्लाल ९एसडब्लु पी० समेत संचालन गरिरहेको जनाएको छ।

लगानी व्यवस्थापन सेवा अन्तर्गत ‘मेरो लगानी, मेरो भविष्य’ भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम् योजनाहरु संचालन गरीे आ।व। २०७९र०८० को पौष मसान्तसम्ममा पाँच सय ८६ जना ग्राहकहरुबाट एक अर्ब ५६ करोड भन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको छ । निक्षेप सदस्य सेवा अन्तर्गत पौष मसान्त, २०७९ सम्म ६ लाख ३० हजार भन्दा बढी डिम्याट खाता खोली ८४ वटा निक्षेप सदस्य कम्पनीहरु मध्ये पहिलो स्थान हासिल गर्न सफल भएको छ।

Advertisment

थप समाचार