Below Menu
Below Menu

अटेरी एनआईसी एशिया बैंक दोस्रो पटक कारबाहीमा

अटेरी एनआईसी एशिया बैंक दोस्रो पटक कारबाहीमा

काठमाडौं : वीरगंज महानगरपालिकाले एनआईसी एशिया बैंक शाखालाई ११ हजार जरिवाना गराएको छ । सडकमा फोहोर फालेको भन्दै महानगरले ११ हजार जरिवाना गराएको हो।

महानगरपालिकाले यसअघि पनि कारवाही गरेको थियो । महानगरपालिकाले पहिलो पटक फोहोर नफाल्न चेतावनी दिएको थियो भने दोस्रो पटक ५ हजार रुपैयाँ जरिवाना तिराएको थियो।

महानगरपालिकाको सरसफाइको गाडीमा फोहोर नदिएर सडकमा फोहोर फ्याकेको भेटिएपछि पुनः तेस्रो पटक ११ हजार रुपैयाँ जरिवाना तिराएको महानगरपालिका सरसफाई अधिकृत सर्फुदिन मियाँले बताए।

सरसफाइ पार्किङ संयोजक प्रकाश खेतानका अनुसार पटकपटक फोहोर गरेर कानुन र मर्यादाको विपरीत भएको छ । आगामी दिनमा पुनः बाटोमा फोहोर फालेको भेटिएमा २५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना गरिने उनले बताए।

Advertisment

थप समाचार