काठमाडौं : नेपाल राष्ट्र बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८४ ‘क’ जारी गर्ने भएको छ । चैत ६ गते निष्काशन हुने ५ वर्षे बचतपत्रको लागि फागुन १० गतेदेखि ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।
बचतपत्रमा वार्षिक ११.५० प्रतिशत ब्याजदर प्रदान गरिने जनाएको छ । ६/६ महिनामा प्रदान गरिने ब्याज खरिदको लागि रकम बुझाएकै मितिदेखि निष्काशन मितिभन्दा अघिल्लो दिनसम्मको तोकिएको ब्याजदरमा खण्डित अवधिको ब्याज रकम भुक्तानी दिइने बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र लिन सकिने छ । स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनुपर्ने हुन्छ । नखुलाइएको अवस्थामा प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराइने र लेखपढ गर्न नजान्ने व्यक्तिलाई स्टक प्रमाणपत्र उपलब्ध गराइने समेत राष्ट्र बैंकले जनाएको छ ।
Advertisment