Below Menu
Below Menu

हामी आयौं !

हामी आयौं !

डिजिटल पत्रकारिता नेपालमा फस्टाउँदो छ । छापा हुँदै विकसित भएको डिजिटल पत्रकारिता अहिले सबैभन्दा सजिलो सञ्चार माध्यम बनेको छ । छिटो, छरितो र सहजै सूचना सम्प्रेषण गर्न सक्ने भएकै कारण डिजिटल पत्रकारिताको महत्व र आवश्यकता बढेको छ। 

यसैबीच हामी उत्साहित भएर न्यू मिडियाको माझमा पृथक पहिचान सहित ‘वित्तीय पोस्ट्’ सुरु गरेका छौं । निष्पक्ष, व्यावसायिक पत्रकारिताको स्वतन्त्र र बिशिष्ट अभ्यासको उद्देश्यसहित हामी आएका छौं । हाम्रो उपस्थिति सकारात्मक गतिविधिहरुको प्रचारप्रसार र कमीकमजोरीहरु औल्याउने काममा सन्तुलित र न्यायपूर्ण रहने छ।

वित्तीय क्षेत्रमा देखिएका विकृति-विसंगति, प्राप्त सफलता, उत्प्रेरणाका कथा, नीतिगत क्षेत्रमा देखिएका कमजोरी र सुधारका पक्ष लगायत विषय प्राथमिकतामा हुनेछ।

हाम्रो प्रयासलाई सफल बनाउन महत्वपूर्ण र प्रेरणाका स्रोत भनेकै पाठक वर्ग हुनुहुन्छ । यहाँहरुको सल्लाह, सुझाव र प्रतिक्रियासहित अगाडी हामी बढ्नेछौं । धन्यवाद !

- प्रकाशक

Advertisment

थप समाचार