काठमाडौं : कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले गुरुङलाई नियुक्त गरेको हो ।
शनिबार नियुक्ती पत्र बुझेका गुरुङको कार्यकाल ४ वर्षको हुनेछ । गुरुङले सोमबारदेखि कार्यभार सम्हाल्ने छन् ।
सीईओ पदको लागि २२ आवेदन परेको थियो । उक्त आवेदनबाट टप ५ जनाको नाम संचालक सुमन दाहाल नेतृत्वको छनोट समितिले गरेको थियो । टप ५ मा गोविन्द गुरुङ, प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, बद्री गुरागाई र विष्णु देव यादव थिए । सोही टप ५ बाट गुरुङ छनोट भएका हुन् ।
हिमालयन बैंकबाट उनले बैंकिङ करियर सुरु गरेका गुरुङसँग बैंकिङ क्षेत्रमा काम गरेको लामो अनुभव छ । उनले हिमालयन बैंकमा साढे १० वर्ष काम गरेका थिए । त्यस्तै ग्लोबल आइएमई बैंक, मेगा बैंक, सिभिल बैंकमा काम गरेको अनुभव गुरुङसँग छ ।
४ वर्ष ३ महिना सिभिल बैंकमा सीईओ भएर काम गरेको अनुभव समेत गुरुङसँग छ । सिभिल बैंकको सीईओ छाडेर म्यानमारको सिटिजन्स बैंकमा सीईओ भएर डेढ वर्ष काम गरेको समेत अनुभव उनीसँग छ ।
Advertisment