काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.९९ अंकले बढेर २७८२.१० बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ९.२४ अंकले घटेर २७७७.१० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १५१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा छ अर्ब तीन करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब ८५ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७१ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा कालिञ्चोक हाइड्रोपावर रहेको छ । आज यी कम्पनीको शेयरमूल्य १४.९८ प्रतिशतले बढेको हो । आज सानिमा बैंक डिबेञ्चरको शेयरमूल्य ६.६४ प्रतिशतले घटेको छ ।
Advertisment