Below Menu
Below Menu

कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 

कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं : कालंगा हाइड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरिसकेको थियो । अब दोस्रो चरणअन्तर्गत सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री खुला गरिएको हो ।

कम्पनीले जारी पूँजी एक अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ करोड रुपैयाँ मूल्यको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४९ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

जसमध्ये १४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो । सर्वसाधारणतर्फ छुट्याइएको सेयरमध्ये ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, १ लाख ७५ हजार कित्ता सामूहिक लगानी कोष र १ लाख ५ हजार कित्ता कर्मचारीका लागि बाँडफाँट गरिसकिएको कम्पनीले जनाएको छ ।

अब सर्वसाधारण लगानीकर्ताका लागि बाँकी रहेको २८ लाख ७० हजार कित्ता शेयर बिक्री खुला गरिएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

Advertisment

थप समाचार