काठमाडौं : जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दश महिनामा साढे एक खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बैशाख मसान्तसम्म कम्पनीहरुले एक खर्ब ५६ अर्ब १७ करोड १९ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड १६ लाख ८४ हजार ८८३ बीमालेख जारी गरी उक्त रकम बराबरको बीमाशूल्क संकलन गरेका हुन् ।
प्राधिकरणका अनुसार बैशाखमा मात्रै कम्पनीहरुले चार लाख दुई हजार ७६३ बीमालेख जारी गरी १५ अर्ब ७१ करोड ७८ लाख ९७ हजार रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् ।
बैशाख मसान्तसम्म आइपुग्दा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले १९ लाख २२ हजार ६१९ बीमालेख बिक्री गरी ४१ अर्ब १६ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।
प्राधिकरणका अनुसार यस अवधिमा नेशनल लाइफले १३ लाख १५ हजार ६६१ बीमालेख जारी गरी १९ अर्ब दुई करोड ५९ लाख ३७ हजार रुपैयाँको व्यापार गरेको छ ।
त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनले ६ लाख ९६ हजार २९२ बीमालेख जारी गरी १६ अर्ब ८४ करोड २८ लाख ५६ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ भने हिमालयन लाइफले १४ अर्ब ५५ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।
प्राधिकरणका अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीले छ लाख २८ बीमालेख जारी गरी १० अर्ब नौ करोड ६२ लाख रुपैयाँ बराबरको व्यापार गर्दा मेट लाइफले पाँच अर्ब ४९ करोड ९९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
त्यस्तै एशियन लाइफले आठ अर्ब एक करोड ५२ लाख २६ हजार रुपैयाँ बराबरको व्यवसाय गर्दा आईएमई लाइफले पाँच अर्ब ५० करोड २६ लाख रुपैयाँ र सन नेपाल लाइफले तीन अर्ब ५५ करोड आठ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
बैशाख मसान्तसम्म आइपुग्दा रिलायबल नेपाल लाइफले चार अर्ब ९४ करोड १४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने सिटिजन लाइफ इन्स्योरेन्सले छ अर्ब ७८ करोड ७६ लाख ५३हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
चालु आवको दश महिनामा सूर्यज्योति लाइफले नौ अर्ब ५० करोड ९० लाख, सानिमा रिलायन्सले पाँच अर्ब ९८ करोड चार लाख र प्रभु महालक्ष्मी लाइफले चार अर्ब ७० करोड सात लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
लघुबीमाको व्यापार साढे ९६ करोडमाथि
प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । बैशाख मसान्तसम्म कम्पनीहरुले २४ लाख ३७ हजार २४ बीमालेख जारी गरी ९६ करोड ५६ लाख ४४ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।
यस अवधिमा गार्डियन माइक्रो लाइफले ३४ करोड ६६ लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले ३४ करोड ९४ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले २६ करोड ९६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
यस अवधिमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलबाट २४ लाख चार हजार ४२ बीमालेख जारी गरी दुई अर्ब ८२ करोड ५३ लाख ११ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।
Advertisment