काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउँदै आएको स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गरेको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै नयाँ व्यवस्था जेठ १३ गतेदेखि लागू हुने जनाएको हो।
नयाँ व्यवस्थाअनुसार अब ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंक खुलेको प्रत्येक दिन बैंकिङ कारोबार समयभित्र स्थायी निक्षेप सुविधा उपयोग गर्न सक्नेछन्। यसअघि उक्त सुविधा सीमित समय र निश्चित प्रक्रियाअनुसार उपलब्ध हुँदै आएको थियो।
राष्ट्र बैंकका अनुसार यसरी उपलब्ध गराइएको स्थायी निक्षेप सुविधाको साँवा तथा ब्याज रकम भने भोलिपल्ट अपराह्न ३ बजेपछि सम्बन्धित संस्थाको खातामा जम्मा गरिनेछ।
केन्द्रीय बैंकले तरलता व्यवस्थापनलाई थप प्रभावकारी, व्यवस्थित र सहज बनाउन उक्त व्यवस्था पुनरावलोकन गरिएको जनाएको छ।
Advertisment