काठमाडौं : स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले गत बैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ मंगलबार शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका सात करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ बराबरको सात लाख ७८ हजार १२५ कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीको आईपीओमा २६ लाख १ हजार ८४८ जनाले आवेदन दिएका थिए ।
आवेदन दिएकामध्ये २५ लाख ५७ हजार ८५५ आवेदन सदर भएको छ भने बाँकी आवेदन रद्द भएका छन्। मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको हो । जसअनुसार ७७ हजार ८१२ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
बाँकी रहेको ५ कित्ता शेयर सोही लगानीकर्ताहरुमाझ बाँडफाँट गरिएको छ। जसअनुसार ५ जना लगानीकर्ताले भने थप एक कित्ता गरी कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।
Advertisment