Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, चार अर्ब ७० करोडमा समेटियो कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, चार अर्ब ७० करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको चोथो कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.४६ अंकले घटेर २७६६.७८ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से २.६६ अंकले बढेर २७८०.२५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ६३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ७० करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ५ अर्ब ७३ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज एभरेष्ट बैंक डिबेञ्चरको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३४ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा कालिञ्चोक हाइड्रोपावर रहेको छ । आज यी कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको हो । आज सिद्धार्थ बैंक डिबेञ्चरको शेयरमूल्य १०.४८ प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार