Below Menu
Below Menu

रसुवागढी जलविद्युत केन्द्र २२ दिनका लागि बन्द हुने, मर्मत तथा पुनर्निर्माण कार्य अघि बढाइने

रसुवागढी जलविद्युत केन्द्र २२ दिनका लागि बन्द हुने, मर्मत तथा पुनर्निर्माण कार्य अघि बढाइने

काठमाडौं : रसुवाको गोसाइकुण्ड गाउँपालिका–स्थित टिमुरेमा रहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत केन्द्र अस्थायी रूपमा बन्द हुने भएको छ।

कम्पनीका अनुसार २०८२ असार २४ गते आएको ठूलो हिम बाढीका कारण केन्द्रका संरचना तथा मेसिनरी उपकरणहरूमा गम्भीर क्षति पुगेको थियो। उक्त घटनापछि आपतकालीन पुनर्स्थापना कार्य सम्पन्न गरी हाल सबै तीनवटै युनिटबाट विद्युत उत्पादन पुनः सञ्चालनमा ल्याइएको छ।

तर आगामी वर्षायामअघि पूर्ण क्षमतामा विद्युत उत्पादन सुनिश्चित गर्न बाँकी पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यहरू गर्नुपर्ने भएकाले विद्युत उत्पादन अस्थायी रूपमा बन्द गर्नुपर्ने भएको हो।

विद्युत प्राधिकरणको स्वीकृतिअनुसार केन्द्र २०८३ जेठ २२ देखि असार १३ गतेसम्म (५ जुन २०२६ देखि २७ जुन २०२६ सम्म) करिब २२ दिनका लागि बन्द रहनेछ। यस अवधिमा आवश्यक मर्मत, पुनर्निर्माण तथा प्राविधिक सुधारका कार्यहरू सम्पन्न गरिने कम्पनीले जनाएको छ।

कम्पनीले कार्यस्थलको वास्तविक अवस्थाअनुसार मिति सामान्य परिवर्तन हुन सक्ने बताउँदै तोकिएको समयभित्र सबै काम सम्पन्न गरी आगामी वर्षायाममा पूर्ण क्षमतामा उत्पादन गर्ने लक्ष्य रहेको स्पष्ट पारेको छ।

Advertisment

थप समाचार