काठमाडौं : टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले आफ्नो शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।
कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार धितोपत्र सम्बन्धी अभिलेख व्यवस्थापन, शेयर अभौतिकीकरण (डिम्याट), दाखिला–खारेज, नामसारी, रोक्का तथा शेयरधनीहरूको लगत अद्यावधिक गर्ने लगायतका सम्पूर्ण शेयर रजिष्ट्रार सम्बन्धी कार्य अब एनएमबि क्यापिटल लिमिटेडमार्फत सञ्चालन हुनेछन् ।
शेयर रजिष्ट्रार नियुक्तिसँगै कम्पनीका शेयरधनीले आफ्नो शेयर सम्बन्धी सेवा अब एनएमबि क्यापिटल लिमिटेडबाट प्राप्त गर्न सक्नेछन् ।
Advertisment