Below Menu
Below Menu

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात जेठ १३ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्दैछ। 

जसअनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। 

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जेठ २९ गते ५९ औं वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन त्रिभुवन आर्मी क्लब भद्रकाली काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशतका दरले हुन आउने ३ करोड ४ लाख ६८ हजार ११० दशमलव ७२ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५० प्रतिशतका दरले हुन आउने १६ लाख ३ हजार ५८४ दशलमव ७८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

उक्त साधारणसभाले कम्पनीको प्रस्तावित लाभांश, गत आवको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । 

Advertisment

थप समाचार