Below Menu
Below Menu

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment

थप समाचार