Below Menu
Below Menu

सहकारीको ऋण असुलीमा सघाउँदै काठमाडौं महानगर, ऋण नतिर्नेको विवरण पठाउन आग्रह

सहकारीको ऋण असुलीमा सघाउँदै काठमाडौं महानगर, ऋण नतिर्नेको विवरण पठाउन आग्रह

काठमाडौं : काठमाडौं महानगरपालिकाले सहकारी संस्थाबाट ऋण लिएर लामो समयसम्म किस्ता तथा ब्याज भुक्तानी नगर्ने र सम्पर्कविहीन रहेका ऋणी सदस्यहरूको विवरण संकलन सुरु गरेको छ।

महानगरको सहकारी विभागले आज (शुक्रबार) सूचना जारी गर्दै प्रचलित सहकारी ऐन तथा नियमावलीअनुसार ऋण असुली प्रक्रिया प्रभावकारी बनाउन सहकारी संस्थासँग समन्वय गरी एसएमएस तथा पत्राचारमार्फत सहजीकरण गरिरहेको जनाएको छ ।

महानगरभित्र कार्यक्षेत्र रहेका इच्छुक सहकारी संस्थाहरूलाई आवश्यक कागजात तथा विवरण संलग्न गरी विभागमा उपलब्ध गराउन आग्रह गरिएको छ।

विभागले ऋण असुलीका लागि सञ्चालक समितिको निर्णयको प्रतिलिपि, ऋणी सदस्यको पुरा नाम, नागरिकताको प्रतिलिपि, साँवा तथा ब्याज रकमको विवरण, तमसुकको प्रतिलिपि, सदस्यता नम्बर, मोबाइल नम्बर लगायतका कागजातहरु सहकारीहरुबाट माग गरेको छ ।

महानगरले सहकारी क्षेत्रको वित्तीय अनुशासन कायम गर्दै ऋण असुली प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन यस्तो पहल गरिएको जनाएको छ।

Advertisment

थप समाचार