Below Menu
Below Menu

रिलायबल नेपाल लाइफको अधिकांश सूचक सकारात्मक, इपीएस भने घट्यो 

रिलायबल नेपाल लाइफको अधिकांश सूचक सकारात्मक, इपीएस भने घट्यो 

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अन्सार कम्पनीले यस अवधिमा २३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ४.९७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले २२ करोड ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीले एक अर्ब ९३ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ९.१७ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्म इन्स्योरेन्सले एक अर्ब ७८ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

पुस मसान्तसम्म आइपुग्दा गत वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १.७४ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले एक अर्ब ७५ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७२ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

चार अर्ब रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियममा एक अर्ब ७५ करोड ३ लाख रुपैयाँ सञ्चित गरेको छ । यस अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा १४ करोड ३७ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनको खर्च पनि घटाएको छ । पुस मसान्तसम्म इन्स्योरेन्सले अभिकर्ता कमिशनमा २१ करोड ४६ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ८० लाख रुपैयाँ खर्चिएको थियो ।

यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११.५५ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १५.७२ रुपैयाँ रहेको कम्पनीको इपीएस भने घटेको हो । यस अवधिम इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १७९.७१ रुपैयाँ रहेको छ ।
 

Advertisment

थप समाचार