काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४.५७ अंकले बढेर २०७६.२७ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ५.३१ अंकले घटेर २०६१.७० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १४८ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने सुधार हुन सकेको छैन । आज बजारमा दुई अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा तीन अर्ब २१ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १८ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा नेपाल दुरसञ्चार कम्पनी, पिपुल्स पावर, समाज लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment