काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा ११ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
भर्खरै कारोबार शुरु गरेको यस कम्पनीले दोस्रो त्रैमासमा मात्रै ६ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । पुस मसान्तसम्म एक करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको भने दोस्रो त्रैमासमा मात्रै यो कम्पनीले १ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
दोस्रो त्रैमासम्म कम्पनीले एक करोड ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो त्रैमासमा मात्रै कम्पनीले एक करोड ३२ लाख खुद बीमाशुल्क आर्जन गरेको छ ।
पुस मसान्तसम्म ५२ करोड ५० लाख रुपैयाँ रहेको चुक्ता पुँजी रहेको कम्पनीले महाविपत्ति कोषमा ५ लाख ५६ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ५० लाख ६७ हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले ५० करोड १० लाख रुपैयाँ लगानी गरेको छ ।
Advertisment