काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेले कम्पनीको शतप्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ४० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।