नेप्से परिसूचकमा उच्च अंकको पहिरो, कारोबार रकम झण्डै साढे सात अर्ब पुग्यो

नेप्से परिसूचकमा उच्च अंकको पहिरो, कारोबार रकम झण्डै साढे सात अर्ब पुग्यो

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.१३ अंकले बढेर २६००.७८ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से १.१३ अंकले घटेर २६००.७८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २२ कम्पनीको शेयरमूल्य बढेको छ । भने २४९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा सात अर्ब ४६ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा छ अर्ब ८६ करोड सात लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज एनएमबी बैंक डिबेञ्चरको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ५.३७ प्रतिशतले बढेको हो । आज उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ११.२८ प्रतिशतले घटेको छ । 
 
 

थप समाचार