परेस ब्राण्डको चामल बेच्ने प्रणव फुड प्रोसेसिङले गर्यो एघार महिनामा करिब ६१ करोडको व्यापार

परेस ब्राण्डको चामल बेच्ने प्रणव फुड प्रोसेसिङले गर्यो एघार महिनामा करिब ६१ करोडको व्यापार

काठमाडौं : चितवनस्थित धान तथा चामल प्रशोधन उद्योग प्रणव फुड प्रोसेसिङ इन्डस्ट्रिज प्रालिले चालु आर्थिक वर्षको ११ महिनामा ६० करोढ ९० लाख रुपैयाँको कारोबार गरेको छ । 

Sponsored Advertisement

कम्पनीले चितवनस्थित प्रशोधन उद्योग स्थापना गरी सन् २०२४ देखि व्यावसायिक उत्पादन सुरु गरेको हो । आर्थिक वर्ष २०२४÷२५ कम्पनीको पहिलो सञ्चालन वर्ष भएकाले करिब साढे आठ महिनाको अवधिमा मात्रै उत्पादन भएको थियो । 

सो अवधिमा कम्पनीले ३६ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो भने करअघिको सञ्चालन नाफा मार्जिन ८.७५ प्रतिशत र खुद नाफा मार्जिन १.११ प्रतिशत कायम गरेको थियो । कम्पनीको नगद सञ्चिचि एक करोड १० लाख रुपैयाँ पुगेको थियो । 

सन् २०२५ मा कम्पनीको समग्र गियरिङ अनुपात ३.२४ गुणा पुगेको छ भने कुल ऋण र सकल नगद आर्जनबीचको अनुपात २९.९१ गुणा पुगेको छ । ब्याज तिर्ने क्षमता १.६० गुणा मात्र रहेको छ । कम्पनीले सो अवधिमा करिब २ करोड रुपैयाँ बराबरको वित्तीय खर्च व्यहोरेको थियो । 

कम्पनीको दीर्घकालीन बैंक सुविधा १७ करोड ३९ लाख रुपैयाँमा झरेको छ । यसअघि १७ करोड ९६ लाख रुपैयाँ थियो । त्यसैगरी अल्पकालीन बैंक सुविधा ५७ करोड रुपैयाँबाट घटेर ४७ करोड रुपैयाँमा सीमित भएको छ । यससँगै कुल बैंक सुविधा ७४ करोड ९६ लाख रुपैयाँबाट घटेर ६४ करोड ३९ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीेले खासगरी मसिनो चामलको उत्पादन तथा बिक्री गर्दै आएको छ। कम्पनीले पान्युउ, समुन्नती, हेमन्त र परेस ब्राण्डको चामलको बिक्री गर्दै आएको छ । कम्पनीले चामल उत्पादनका लागि आवश्यक सम्पूर्ण कच्चा पदार्थ स्वदेशी बजारबाट नै खरिद गर्ने गरेको छ।

सन् २०१९ मा निजी कम्पनीका रुपमा स्थापना भएका प्रणव फुड प्रोसेसिङ इन्डस्ट्रिज प्रालिले चितवनमा आफ्नै उत्पादन कारखाना निर्माण गरेर खाद्यान्नहरुको उत्पादन गर्दै आएको छ । कम्पनीका अध्यक्ष पशुपति बर्लाकोटी रहेका छन् । 
 

थप समाचार