काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.१२ अंकले बढेर २५९९.९३ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ४ अंकले बढेर २५९५.८१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १०५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज बजारमा चार अर्ब ७३ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा चार अर्ब ४६ करोड ५२ लाख बराबरको कारोबार भएको थियो ।
आज घलेम्दी हाइड्रो सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३६ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सगरमाथा जलविद्युत कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १२.४४ प्रतिशतले बढेको हो । आज स्नो रिभर्स कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।