Below Menu
Below Menu

नयाँ वर्षको सुखद सुरुवातः नेप्से परिसूचक ३३ अंकले वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि 

नयाँ वर्षको सुखद सुरुवातः नेप्से परिसूचक ३३ अंकले वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि 

काठमाडौं : नयाँ वर्ष २०८३ पछि खुलेको पहिलो कारोबार दिन बुधबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से परिसूचक ४.१८ अंकले घटेर २८३३.६० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २२१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा १० अर्ब ५३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा आठ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज शिवम सिमेन्ट्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५८ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, सिन्धु विकास बैंक र पाल्पा सिमेन्टस् इन्डष्ट्रिज कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज रिलायन्स स्पिनिङ मिल्सको शेयरमूल्य ५.६१ प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार