काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि सरोकारवालाहरुसँग राय तथा सुझाव माग गरेको छ। केन्द्रीय बैंकले एक सूचना जारी गर्दै मौद्रिक नीतिलाई अझ प्रभावकारी र अर्थतन्त्रको आवश्यकताअनुसार बनाउन सरोकारवाला समक्ष सुझाव माग गरेको हो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था अनुसार मौद्रिक नीति निर्माण प्रक्रिया अघि बढाइने भएकाले बैंकले सम्बन्धित निकाय, विशेषज्ञ, निजी क्षेत्र तथा सर्वसाधारणलाई समेत आफ्ना राय-सुझाव पठाउन आग्रह गरेको छ। प्राप्त सुझावहरूले आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बैंकले विश्वास व्यक्त गरेको छ।
मौद्रिक नीतिका लागि असार ५ गतेभित्र सम्बन्धित विभागमा सुझावहरू उपलब्ध गराउन अनुरोध गरिएको छ। सुझाव पठाउनका लागि इमेलमार्फत पनि पठाउन सकिने व्यवस्था गरिएको छ ।
Advertisment