Below Menu
Below Menu

सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ। शुक्रबार नेप्सेले कम्पनीको एक करोड ७१ लाख ६० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ४२ लाख ९० हजार कित्ता र संस्थापकको एक करोड २८ लाख ७० हजार कित्ता गरी कुल एक करोड ७१ लाख ६० हजार कित्ता शेयर सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९२.१५ रुपैयाँदेखि २७६.४५ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘एसओपीएल’ रहेको छ ।

कम्पनीको शेयर सोमबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपछि नियमित दोस्रो बजारमा कारोबार हुनेछ।

Advertisment

थप समाचार