Below Menu
Below Menu

नेप्सेमा १६८ कम्पनीको शेयरमूल्यमा वृद्धि, परिसूचकसँगै बढ्यो कारोबार

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ९.४४ अंकले बढेर २०८५.७१ बिन्दुमा बन्द भएको थियो । 

आज कारोबारमा आएका १६८ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको । आज बजारमा दुई अर्ब ८४ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा दुई अर्ब ५९ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २४ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा गुराँस लघुवित्त समाज लघुवित्त वित्तीय संस्था, बुद्ध भूमि नेपाल हाइड्रोपावर र इष्टर्न हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लागेको हो । आज एनसीसी डिबेञ्चरकोे शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । 
 

Advertisment

थप समाचार