पुजा मनी चेञ्जरको लाइसेन्स खारेज, भारतीय रुपैयाँ सटही गर्न नपाइने

पुजा मनी चेञ्जरको लाइसेन्स खारेज, भारतीय रुपैयाँ सटही गर्न नपाइने

काठमाडौं : नेपाल राष्ट्र बैंकको वीरगञ्ज कार्यालयले भारतीय रुपैयाँ कारोबार गर्दै आएको पुजा मनी चेञ्जर प्रालि को इजाजतपत्र रद्द गरेको जनाएको छ।

Sponsored Advertisement

बैंकले जेठ १ गते सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानुनी व्यवस्था अनुसार तोकिएको समयभित्र इजाजतपत्र नवीकरण प्रक्रिया पूरा नगरेपछि कम्पनीको लाइसेन्स खारेज गरिएको जानकारी दिएको हो।

राष्ट्र बैंकका अनुसार पर्सास्थित उक्त कम्पनीले राष्ट्र बैंकको मनी चेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) अन्तर्गत विनियम १९ को उपविनियम (३) बमोजिम निर्धारित अवधिभित्र नवीकरण नगरेकाले भारतीय रुपैयाँ कारोबारसम्बन्धी इजाजतपत्र रद्द गर्ने निर्णय गरिएको हो।

बैंकले इजाजतपत्र रद्द गरिएको विषयमा सम्बन्धित सबै सरोकारवालालाई औपचारिक रूपमा जानकारी गराउँदै उक्त कम्पनी अब भारतीय रुपैयाँ सटही कारोबार सञ्चालन गर्न अधिकृत नरहेको स्पष्ट पारेको छ।

थप समाचार