जीवन बीमा कम्पनीहरुको व्यापार १५ प्रतिशतले बढ्याे, दुई महिनामा उठाए साढे ४० अर्ब बीमाशुल्क

जीवन बीमा कम्पनीहरुको व्यापार १५ प्रतिशतले बढ्याे, दुई महिनामा उठाए साढे ४० अर्ब  बीमाशुल्क

काठमाडौं : जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दुई महिनामा साढे ४० अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार भदौ मसान्तसम्म कम्पनीहरुले २६ अर्ब २२ करोड  ५१ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । 

Sponsored Advertisement

उक्त रकम अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीहरुले ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँको व्यवसाय गरेका थिए । 

यस अवधिमा आइपुग्दा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले १० अर्ब ५८ करोड आठ लाख एक हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।

प्राधिकरणका अनुसार यस अवधिमा नेशनल लाइफले चार अर्ब ८५ करोड ८६ लाख ५८ हजार रुपैयाँको व्यापार गरेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनले तीन अर्ब ६७ करोड ८५ लाख ३८ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ ।

यस्तै हिमालयन लाइफले तीन अर्ब ५९ करोड १९ लाख ६९ हजार रुपैयाँ बीमाशुल्क उठाएको भने राष्ट्रिय जीवन बीमा कम्पनीले चार अर्ब ४१ करोड ४६ लाख रुपैयाँ र एशियन लाइफले एक अर्ब ८२ करोड ४३ लाख ६८ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ ।

यस अवधिमा सूर्यज्योति लाइफले दुई अर्ब ४६ करोड ६८ लाख रुपैयाँको व्यापार गरेको छ । मेट लाइफले एक अर्ब १९ करोड ३१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने आईएमई लाइफले एक अर्ब ४८ करोड ८६ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

चालु आवको भदौ मसान्तसम्ममा रिलायबल नेपाल लाइफले एक अर्ब २६ करोड ६३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको भने सिटिजन लाइफ इन्स्योरेन्सले एक अर्ब ६९ करोड ९६ लाख ९५ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ । 

यस अवधिमा सानिमा रिलायन्सले एक अर्ब ४२ करोड १७ लाख र प्रभु महालक्ष्मी लाइफले एक अर्ब २७ करोड ८८ लाख रुपैयाँ र सन नेपाल लाइफले ७७ करोड ७२ लाख १७ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । 

लघुबीमाको व्यापार साढे १९ करोडमाथि  

प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । भदौ मसान्तसम्म कम्पनीहरुले १९ करोड ७० लाख ५३ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।

यस अवधिमा गार्डियन माइक्रो लाइफले सात करोड ७६ लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले ५ करोड १५ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले छ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलबाट ५५ करोड ३३ लाख ८३ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । 


 

थप समाचार