नेप्से परिसूचकमा झिनो अंकको सुधार, चार अर्ब ४६ करोडमा समेटियो कारोबार 

नेप्से परिसूचकमा झिनो अंकको सुधार, चार अर्ब ४६ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४ अंकले बढेर २५९५.८१ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से १७.१५ अंकले बढेर २५९१.८० बिन्दुमा बन्द भएको थियो ।

Sponsored Advertisement

आज कारोबारमा आएका १०५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ४६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा चार अर्ब ८३ करोड ७७ लाख बराबरको कारोबार भएको थियो ।

आज कुमारी बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २५ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा धौलागिरी लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको हो । आज रिज लाइन इनर्जीको शेयरमूल्य ६.२९ प्रतिशतले घटेको छ । 
 

थप समाचार