Below Menu
Below Menu

शेयर बजारमा सामान्य गिरावट, तीन अर्ब २१ करोडमा खुम्चियो कारोबार 

शेयर बजारमा सामान्य गिरावट, तीन अर्ब २१ करोडमा खुम्चियो कारोबार 

काठमाडौं  : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१.७० बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ३०.९२ अंकले घटेर २०६७.०१ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १०४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा तीन अर्ब २१ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ४ अर्ब १८ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३३ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । आज रावा इनर्जी डेभलपमेन्ट र महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ  ।
 

Advertisment

थप समाचार