Below Menu
Below Menu

नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ३० प्रतिशतसम्म ब्याज छुट दिने 

नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ३० प्रतिशतसम्म ब्याज छुट दिने 

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याजरजरिवाना) मा छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत माघ २१ गतेसम्म व्यतित बीमालेखहरुमा छुट दिने भएको हो ।

इन्स्यारेन्सले उक्त बीमालेखहरुमा माघ २१ गतेदेखि चैत ६ गतेसम्ममा नविकरण÷पुनर्जागरण गर्दा विभिन्न शर्तहरुको अधिनमा रही बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको हो ।

कम्पनीका अनुसार १८० दिनभन्दा माथि ३ वर्षसम्म व्यतित बीमालेखमा ३० प्रतिशत र ३ वर्ष भन्दा माथि ५ वर्षसम्म व्यतित भएका बीमालेखमा २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित बीमालेखमा २० प्रतिशत छुट दिने भएको हो । 

उक्त यस योजनामा समावेश भएका बीमालेखहरू पुनर्जागरणको मिति देखि १ वर्ष भित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ । एक पटक विलम्ब शुल्कमा छुट लिई सकेका बीमितहरूलाई पूरा बीमा अवधिभरी पुनः छुट नदिइने समेत कम्पनीले जनाएको छ । 

कम्पनीक अन्सार बीमालेख १८० दिन भन्दा बढि समय व्यतित भएको हुनुपर्दछ भने  विलम्ब शुल्कमा छुट सुविधा प्राप्त गर्नका लागी बीमालेख पुनर्जागरण मितिबाट बीमा अवधी समाप्त हुन २ वर्ष भन्दा बढी अवधि बाँकी भएको हुनुपर्नेछ ।

Advertisment

थप समाचार