काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले घटेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment