काठमाडौं : एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७.७५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो । यसका साथै कम्पनील बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउन हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ७.७५ प्रतिशतका दरले हुन आउने २४ करोड ४५ लाख ३५ हजार ७९० रुपैयाँ बोनस शेयर र सोको कर प्रयोजनका लागि १ करोड २८ लाख ७० हजार ३०५ रुपैयाँ नगद लाभांश छुट्याएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख ५१७ रुपैयाँ रहेको छ । उक्त बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ पुग्नेछ ।
प्राधिकरणले तोकेको ५ अर्ब पुँजी पुर्याउन ४२ प्रतिशत अर्थात १ः०.४२ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । लाभांश र हकप्रद जारी गर्ने प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा जाने छ।
Advertisment