काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २१.६७ अंकले घटेर २०९७.९३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १९कम्पनीको शेयरमूल्य बढेको छ । भने २२६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा चार अर्ब १८ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ५ अर्ब २९ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५३ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा समाज लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले बढेको हो । आज सामलिङ पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment