Below Menu
Below Menu

आईपीओ जारी गर्ने प्रस्तावसहित अन्नपूर्ण केबलकारले डाक्यो साधारणसभा 

आईपीओ जारी गर्ने प्रस्तावसहित अन्नपूर्ण केबलकारले डाक्यो साधारणसभा 

काठमाडौं : अन्नपूर्ण केबलकार लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको छ ।

उक्त सभा फागुन ११ गते शुक्रबार वाटरफ्रन्ट रिसोर्ट लेकसाइट पोखरामा दिउँसो २ बजे हुनेछ । 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने, लेखापरिक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

यसका साथै सभाले सार्वजनिक शेयर निष्कासन गर्ने र आईपीओ निष्कासन सम्बन्धी सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । 
 

Advertisment

थप समाचार