Below Menu
Below Menu

शेयर बजारमा दोहोरो अंकको करेक्सन, परिसूचकसँगै घट्यो कारोबार 

शेयर बजारमा दोहोरो अंकको करेक्सन, परिसूचकसँगै घट्यो कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १४.८८ अंकले बढेर २११९.६१ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २९ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा ५ अर्ब २९ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६३ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सामलिङ पावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको हो । आज मेन्छीयाम हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ  ।
 

Advertisment

थप समाचार