Below Menu
Below Menu

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट,५ हजार ३४० आवेदकले पाए ५० कित्ता 

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट,५ हजार ३४० आवेदकले पाए ५० कित्ता 

काठमाडौं : सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बुधबार बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बाँडफाँट गरेको हो । 

कम्पनीको शेयरमा कुल ३३ हजार ८२४ जनाले २१ लाख ३९ हजार २२० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। आवेदन दिएकामध्ये १४ आवेदन रद्द भएको छ भने ३३ हजार ८१० आवेदन स्वीकृत भएको छ। आवेदन दिएका मध्ये ५ हजार ३४० आवेदकले ५० कित्ताका दरले कम्पनीको शेयर पाएका छन् । 

कम्पनीले गत पुस २५ गतेदेखि माघ १० गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा २ लाख ६७ हजार कित्ता शेयर निष्काशन गरेको थियो।

Advertisment

थप समाचार