काठमाडौं : अख्तियार दुरुपयोग अनुुन्धान आयोगले भ्रष्टाचार आरोपमा शाखा अधिकृत मिन बहादुर भट्टराई विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय, मधेस प्रदेश, जनकपुरका शाखा अधिकृत भट्टराई विरुद्ध मुघा दायर गरेको हो ।
शाखा अधिकृत भट्टराईले गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी परेको थियो । सोही आधारमा छानविन गर्दा उनले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५४ साउन २६ देखि मिति २०७९ जेठ ३० गते सम्मको अवधिलाई छानबिन गरेको थियो ।
यस अवधिमा उनको आय तथा ब्ययको विश्लेषण गर्दा सो अवधि उनको वैद्य आय मा ५ करोड ९४ लाख ६७ हजार १४८ दशमलव १० रुपैयाँ रहेको आयोगले जनाएको छ ।
सोही अवधिमो सिर्जित आयबाट १० करोड २३ लाख ९२ हजार २८८. दशमलव १५ रुपैयाँ ब्यय घटाउँदा हुन आउने ४ करोड ४० लाख १५ हजार ९२५ दशमलव ८६ रुपैयाँको स्रोत नखुलेको आयोगले जनाएको छ ।
अस्वभाविक एवं गैरकानूनी सम्पत्ति आर्जन गरेको पाइएपछि आयोगले उनी विरुद्ध ४ करोड ४० लाख १५ हजार ९२५ रुपैयाँ ८६ पैसा बराबरको विगो कायम गरी सजया तथा जरिवानाको मागदवी गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
Advertisment