काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मस्ल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment