काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.०७ अंकले घटेर २७३०.१७ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ४.१५ अंकले घटेर २७४०.२५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८० कम्पनीको शेयरमूल्य बढेको छ । भने १७४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा तीन अर्ब २९ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा दुई अर्ब ८० करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३७ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा युनियन हाइड्रोपावर कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य ९.७९ प्रतिशतले बढेको हो । आज एशियन हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.८९ प्रतिशतले घटेको छ ।
Advertisment